प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। बुधबार अपराह्न ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ। ‘आज अपराह्न ५ बजे बैठक बस्ने खबर आएको छ,’ परिषदका एक सदस्यले सेतोपाटीसँग भने।

प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद बैठक बोलाइएको बुझिएको छ। उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाएका हुन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सांसदहरूले उपसभामुख रानामाथि आचरणको प्रश्न उठेकोले राजीनामा मागेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्