अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित

काठमाडौं – दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल निकोलस गोन्जालेजले गरेका थिए । यो जितपछि कोलम्बियाले ८ खेलमा ४ जित र ४ बराबरीसहित १६ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी अर्जेन्टिनाको भने विश्वकप छनौटमा यो दोस्रो हार हो । अर्जेन्टिना यो हारपछि पनि ८ खेलमा १८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्