पलेशालाई काँग्रेसले गर्यो पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौं – नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख पुरस्कारसहित सम्मान गरेका हुन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्