एनप्याब्सन काठमाडौँद्वारा उपत्यकाव्यापी नृत्य प्रतियोगिता सम्पन्न, मिलन धर्मस्थली स्कुल प्रथम

काठमाडौँ – नेशनल प्याब्सन काठमाडौँ जिल्लाले उपत्यकाव्यापी अन्तर विद्यालय नृत्य प्रतियोगिताको छैटौँ संस्करण सम्पन्न गरेको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ७५ विद्यालयलाई सहभागी गराई नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । जसमा मिलन धर्मस्थली स्कुल प्रथम भएको छ । यसैगरी मनास्लु वल्ड स्कुल द्धितीय भएको छ भने आस्था विद्या मन्दिर तेस्रो भएको छ ।

यसैगरी चौथो देखि दशौँसम्म क्रमशः पिगप्वाइन्ट एजुकेशन नेटवर्क, विपुल पाठशाला, सनफ्लावर स्कुल, माउण्ट ग्लोरी स्कुल, श्रीरत्न रेसिडेन्सल स्कुल, इन्टरनेशनल जोसेफ स्कुल र अर्किड प्युपल सेकेण्डरी स्कुल भएको नेशनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले बताउनुभयो । यसैगरी उत्कृष्ट भेषभुषामा मनास्लु वल्ड स्कुल छनोट भएको छ ।

विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि शैक्षिक क्षेत्रमा सकृय एनप्याब्सन काठमाडौंले विभिन्न जातजाति भाषा, धर्म, संस्कृति र रीतिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक टंक थापाले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगी विद्यालयले क्रमशः रु.२५,०००/–, रु. २०,०००/– र रु.१५,०००/– का दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान प्राप्त गरेका छन् ।  साथै चौथोदेखि दसौं स्थानसम्मको नृत्यलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै, सर्वोत्कृष्ट भेषभुषा, सर्वोत्कृष्ट नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा सहभागी विद्यालय र सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा बरिष्ठ नृत्य शिरोमणि भैरवबहादुर थापालाई सम्मान समेत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्