सहकारीको रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन समितिको म्याद १५ दिन थप

बैठकमा छानविन समितिका सभापति सूर्य थापाले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराउँदै समय अपुग भएको भन्दै म्याद थपका लागि प्रस्ताव गर्नु भएको थियो । उहाँको प्रस्तावमा छानविन समितिको म्याद १५ दिन थपिएको हो ।

यसअघि समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । जसअनुसार समितिको यही २२ गते प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको थियो । समितिको पहिलो बैठक जेठ २३ गते बसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्