खाली घरमा मानव कङ्काल भेटियो

प्युठान जिल्लाको माण्डवी गाउँपालिका–२ मा मानव कङ्काल फेला परेको छ । विगत सात वर्षदेखि खाली रहेको स्थानीय दलबहादुर खत्रीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो । आइतबार बाँदर धपाउन गएको बेला पानी परेपछि ओत लाग्न उक्त घरमा गएका स्थानीयले मानव कङ्काल भेट्टाएका थिए । मानव कङ्काल बच्चाको जस्तै देखिएको स्थानीयको भनाई छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानको प्रहरी प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्