सुदूरपश्चिमेली नेपाली समाजद्वारा गौरा, तीज कार्यक्रम: भुपाल भट्टको अध्यक्षतामा कार्यसमिति चयन

काठमाडौं – सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीर राज्य समितिको अधिवेशन तथा गौरा र रमाईलो तीज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । जनकराज जोशीको सभापतित्व तथा सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितीका कोषाध्यक्ष बासुदेव जोशीको प्रमुख आतिथ्यता साथै सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय उत्तर भारत संयोजक केशबदत्त भट्टको विशिष्ट आतिथ्यतामा  आयोजना गरिएको कार्यक्रममा कलाकारहरुको उपस्थितिमा गौरा र तीज विशेष कार्यक्रम रमाइलोको साथ सम्पन्न गरेको हो ।

जम्मु कश्मिर राज्य समिति संरक्षकमा जनकराज जोशी रहेका छन् भने सल्लाहकारमा हरि शंकर जोशी र गणेश दत्त भट्ट रहेका छन् ।
यसैगरी भुपाल दत्त भट्टको अध्यक्षतामा २२ जनाको  कार्यसमिति समेत निर्बिरोध चयन भएका छन् । जसमा बरिष्ठ उपाध्यक्षमा रतन राज रेग्मी
, प्रथम उपाध्यक्षमा कमल शिहं बोहरा, द्वितिय उपाध्यक्षमा राम बहादुर सिँह र तृतीय उपाध्यक्षमा लोकेन्द्र खडका चयन भएक छन्।
यसैगरी सचिवमा राजेन्द्र ऐरी, सह सचिवमा काशीराम टमटा, कोषाध्यक्षमा शिब राज जोशी, सह कोषाध्यक्षमा लोकेन्द्र शिह बिष्ट र  संयोजकमा मोहन सिंह बिष्ट चयन भएका छन् भने सदस्यहरुमा पदम राज जोशी, करन सिंह रोकाया, गोपाल दत्त जोशी, परमानन्द जोशी, अनिल सिंह धामी, प्रकाश खड्का, केशब उपाध्याय, दुर्गा दत्त जोशी, प्रेम सिंह कार्की, धनिल प्रकाश भट्ट रहेको समितले जानकारी दिनुभयो ।

यसैगरी कार्यक्रममा प्रत्यक्ष सांगितिक प्रस्तुती समेत राखिएको थियो । जसमा चर्चित देउडा गायक, कलाकार, लेखक तथा सर्जक सौगात ओझाले सांगितिक प्रस्तुती राखेर उपस्थित सहभागीहरुलाइ नचाएका थिए । कार्यक्रममा सयौँ व्यक्तिहरुको उपस्थिति रहेको थियो भने देउडा खेलेर रमाइलो गरेका थिए । कार्यक्रमको उद्घोष भने राजेन्द्र ऐरीले गर्नुभएको छ ।

तीज पर्व नजिकिएसँगै तीज विशेष कार्यक्रमहरू धमाधम भइरहेका छन् । जस अन्तर्गत सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीर राज्य समितिले पनि गौरा विशेष कार्यक्रम आयोजना गर्नुका साथै तीजलाई लक्षित गरि सम्पूर्ण नेपालीहरुलाई भेटघाटको अवसर जुटाएको छ । हरेक बर्ष मनाउदैँ आइरहेकोमा यस बर्ष पनि सेप्टेम्बर १ तारिखमा कार्यक्रम आयोजना गरेको हो ।

सुःख, शान्ति तथा समृद्धिको कामना गर्नुका साथै तीज पर्वलाई भव्य र सव्य ढंगले मनाउन सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीर राज्य समिति कोषाध्यक्ष बासुदेव जोशीले आग्रह गर्नुभयो ।

यसैगरी कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्य राखि महिलाहरूका लागि महान् मानिने यो पर्व तडक–भडक नभइ सौहार्द वातावरणमा मनाउन सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय उत्तर भारत संयोजक केशबदत्त भट्टले आग्रह गर्नुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्