अर्किड प्युपल सेकेन्डरी स्कुलद्वारा तीज विशेष कार्यक्रम २०८१ को आयोजना

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले तीज तथा ऋषि पञ्चमीको पूर्वसन्ध्यामा तीजको दर खाने कार्यक्रमको आयोजना गरेको छ ।

आइतबार गोठाटारस्थित विद्यालयको प्राङ्गणमा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गरिएको विद्यालयका संचालक तथा निर्देशक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।

अभिभावकहरुलाई विद्यालयमै बोलाएर तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरिएको हो । अर्किडले हरेक संस्कृतिहरुलाई जोडेर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । सोही अनुरुप तीजलाइ लक्षित गरि आज पनि नाचगान तथा दर खाने कार्यक्रमको आयोजना गरिएको  विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले बताउनुभयाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्