कोटीहोम महायज्ञको प्रचार–प्रसारका लागि बृहत ट्याक्सी र्‍यालीको आयोजना

तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं– पशुपतिनाथ मन्दिर क्षेत्रस्थित वनकालीमा साउन १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने ऐतिहासिक विशाल कोटीहोम महायज्ञको प्रचार–प्रसारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको छ । काठमाडौंको गौशालामा मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा सञ्चालन हुने कोटीहोम महायज्ञको प्रचारका लागि सोमवार बृहत ट्याक्सी र्याली आयोजना गरिएको हो ।

यसअघि गत शनिवार बिहान ११ बजेदेखि वृहत मोटरसाइकल र्याली कार्यक्रम आयोजना गरिएको छ । आयोजक मानव सेवा फाउण्डेसनका अनुसार मोटरसाइकल र्याली पशुपति क्षेत्रबाट प्रारम्भ भएर चाबहिल, सुकेधारा, चक्रपथ, बसुन्धारा, गोंगबु, बालाजु, स्वयम्भुहुँदै कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, तीनकुने, एयरपोर्टहुँदै पुनः पशुपति क्षेत्र पुगेको थियो ।

आयोजक संस्थाले दिएको जानकारी अनुसार भोलि असार २६ गते बुत्रवार भने रिक्सा र्यालीको आयोजना गरिँदैछ । असार २७, २८ र २९ गते चक्रपथ पैदल यात्राको आयोजना गरिएको मानव सेवा फाउण्डेसनले जनाएको छ । मानव सेवा फाउण्डेसनका अनुसार असार ३० गते बिहान ११ बजे साइकल र्यालीको आयोजना गरिने छ । त्यस्तै विशाल शोभा कलश यात्रा भने असार ३१ सोमवार बिहान ७ बजेको समयमा आयोजना गरिने फाउण्डेसनले जनाएको छ । त्यस्तै महायत्र समुद्धघाटन साउन १ गते बिहान ११ बजेदेखि प्रारम्भ हुनेछ ।

श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसन लगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा साउनमा हुने कोटी होम महायज्ञको तयारी करिव पूरा भएको छ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको आयोजकहरूले जनाएका छन् । महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्