सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीरद्वारा गौरा तथा तीज विशेष कार्यक्रमको आयोजना

काठमाडौं – सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीर राज्य समितिले  गौरा विशेष कार्यक्रमका साथै रमाईलो तीज कार्यक्रमको आयोजना गरेको छ ।

तीज पर्व नजिकिएसँगै तीज विशेष कार्यक्रमहरू धमाधम भइरहेका छन् । जस अन्तर्गत सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीर राज्य समितिले पनि गौरा विशेष कार्यक्रम आयोजना गर्नुका साथै तीजलाई लक्षित गरि सम्पूर्ण नेपालीहरुलाई भेटघाटको अवसर जुटाएको छ । हरेक बर्ष मनाउदैँ आइरहेकोमा यस बर्ष पनि सेप्टेम्बर १ तारिखमा कार्यक्रम आयोजना गरेको हो ।

जनकराज जोशीको सभापतित्व तथा सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितीका कोषाध्यक्ष बासुदेव जोशीको प्रमुख आतिथ्यता साथै सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय उत्तर भारत संयोजक केशबदत्त भट्टको विशिष्ट आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

सुःख, शान्ति तथा समृद्धिको कामना गर्नुका साथै तीज पर्वलाई भव्य र सव्य ढंगले मनाउन सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीर राज्य समिति कोषाध्यक्ष बासुदेव जोशीले आग्रह गर्नुभयो ।

यसैगरी कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्य राखि महिलाहरूका लागि महान् मानिने यो पर्व तडक–भडक नभइ सौहार्द वातावरणमा मनाउन सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय उत्तर भारत संयोजक केशबदत्त भट्टले आग्रह गर्नुभयो ।
कार्यक्रम प्रत्यक्ष सांगितिक प्रस्तुती समेत राखिएको छ । चर्चित देउडा गायक, कलाकार, लेखक तथा सर्जक सौगात ओझाले सांगितिक प्रस्तुती राखेका छन् । कार्यक्रमको उद्घोष भने राजेन्द्र ऐरीले गर्नुभएको छ । कार्यक्रम सयौँ व्यक्तिहरुको उपस्थिति रहेको थियो भने देउडा खेलेर रमाइलो गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्