एमबिबिएस परीक्षामा रौतहटका दुई विधार्थी नेपालमै पहिलो र दोस्रो

रौतहट । शिक्षा, साक्षरतामा देशको ७७औं स्थान अर्थात पुछारमा रहेका जिल्ला रौतहटका दुईजना विधार्थी एमबिबिएसको परीक्षामा नेपालमै क्रमश: पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले हालै लिएको छनौट परिक्षामा रौतहटका दुईजना विद्यार्थी पहिलो र दोश्रो स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका छन् ।

शिक्षा मन्त्रालयद्धारा शुक्रवार प्रकाशित नतिजा अनुसार स्थानीय यमुनामाई गाउँपालिका- १, जेठरहिया  चिकना गाँउका विधार्थी अनिषराज प्रजापति देशमै पहिलो स्थान (नेपाल टप) र माधवनारायण नगरपालिका फुलवरिया गाउँका अर्का विधार्थी मधुसुदन प्रसाद साहले दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

एमबिबिएस परीक्षामा प्रजापतिले १७८ र साहले १७५.५ अंक ल्याएका छन् । यसअघि गत एसईई परीक्षामा पनि दुर्गा भगवती गाउँपालिकाकी एकजना छात्रा अञ्जली कुमारी झाले  ४ जिपिए अंक ल्याएर देशमै उत्कृष्ट बनेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्