भीमेश्वर स्कुलद्वारा आमा छोरी तिज नृत्य प्रतियोगिताको आयोजना, उत्कृष्ट चार आमाछोरीलाइ सम्मान

काठमाडाैं – भीमेश्वर स्कुलले आमा छोरी तिज नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ गोठाटारमा रहेको भीमेश्वर एकेडेमीले गत बर्षझै यस बर्ष पनि आमा छोरी तिज प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने आमाछोरीलाई प्रमाण पत्र तथा नगदसहित सम्मान गरेको छ भने चौथो हुने आमा छोरीलाई सान्त्वना स्वरुप नगद प्रदान गरेको विद्यालयका प्रिन्सिपल अमृत कुमार खड्काले बताउनुभयो ।

शुक्रबार विद्यालयका प्रिन्सिपल अमृत कुमार खड्काको अध्यक्षता तथा कागेश्वरी मनोहरा नगरपालिकाका उप प्रमुख शान्ता थापाको प्रमुख आतिथ्यतामा आमाछोरी तिज नृत्य प्रतियोगिता २०८१ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

जसमा प्रथम कक्षा ९ की छात्रा स्मृति श्रेष्ठ र उनकी आमा रिता श्रेष्ठ प्रथम भएका छन् भने कक्षा ९ कि छात्रा संस्कृति भट्ट र उनीकी आमा द्वितीय भएका छन् । यसैगरी कक्षा ९ कि छात्रा योजना गौतम र उनकी आमा अरुणा गौतम तृतीय भएका छन् भने युकेजीकी आयुषा बुढाथोकी, कक्षा १ कि आरुषी बुढाथोकी र उनकी आमा हिरा बुढाथोकी चौथो भएका छन् ।

यसैगरी विद्यालयले विभिन्न समयमा आन्तरिक तर्फ आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल प्रदान गरेको छ । हस्तलेखन, म्यूजिकल चेयर लगायतका विभिन्न खेलहरुमा उत्कृष्ट हुने ३/३ जनालाई मेडल प्रदान गरिएको तीज कार्यक्रम संयोजक चन्द्रकला गौतमले बताउनुभयो । आजको कार्यक्रम सञ्चालन विद्यालयका सह प्रधानाध्यापक राजिव सेडाईले गर्नुभएको थियो । कार्यक्रममा नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति कोषाध्यक्ष टंक थापा, नेशनल प्याब्सन काठमाडौँ महानगर समिति सचिव सुनिल केसी खत्री लगायत अन्य वक्ताहरुको सहभागिता रहेको थियो ।

  

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्