मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौं – सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७औं मुख्यसचिव बनेका छन् । २०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्यालय, श्रम र सामान्य प्रशासन मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्