कर्णाली पुलबाट नदीमा हाम फालेर महिला बेपत्ता

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली पुलबाट आज कर्णाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसोतिर नाम, थर र वतन नखुलेको महिलाले पुलबाट नदीमा हाम फालेकी हुन् । अन्दाजी करिब ४४/४५ वर्षकी महिलाले नदीमा हाम फालेको खबर पुलमै ड्युटीमा खटेको प्रहरी सहायक हवल्दार लोकराज भण्डारीले गरेपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक राम डाँगीको नेतृत्वमा खटेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ ।

बेपत्ता महिलाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्