महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता

काठमाडौँ –  महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन् । बिहीबार दार्चुलाको महाकाली नगरपालिका–४ रिङनताल क्षेत्रबाट महाकाली नदीमा हाम फालेर नौगाड–सिप्टी घर भई जिल्ला सदरमुकाम खंलगामा कोठा गरि बस्दै आएकि  १७ वर्षिया अनिशा टमटा  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । टमटा र उनकी आमा सगैं हिडिरहेको बेला एक्कासी अनिशाले महाकालीमा हाम फालेको प्रत्यक्षदर्शीहरुबाट बुझिएको प्रहरीले बताएको छ ।

बेपत्ता टमटाको खोजि कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्