‘टोयोटा विजय उत्सव’ सुरू, एक्सचेन्जदेखि बीमासम्मको सुविधा

काठमाडौं – नेपालको लागि टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले  २०८१ भदौ १३ बाट सुरू गरेर १८ गतेसम्म  ‘टोयोटा विजय उत्सव’ मनाउन लागेको छ ।
बिहिबारदेखि ६ दिनसम्म ‘कार्यक्रम गर्ने भएको छ । कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्कीम सार्वजनिक गर्न लागेको हो । विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० % डाउन पेमेन्टमा डेलिभरीको बिशेष व्यवस्था गर्नुको साथै तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर, नगद छुटका विशेष छुट पाउने छन् ।

कार्यक्रममा विभिन्न बैंकहरुको सहकार्यमा सहजै फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई बिभिन्न एक्सचेंजरसंग सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान गरिने कम्पनीको भनाइ
छ । यस कार्यक्रममा टोयोटाका गाडी चडिरहेका ग्राहकहरुले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । विजय उत्सवको अर्को आकर्षणको रुपमा डेली लक्की ड्र समेत रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्