धनगढी पुगेर आरजुले भनिन्– आगामी प्रधानमन्त्री शेरबहादुरजी हो, म होइन

कैलाली  – परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् ।

बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन् । हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए ।

यही विषयमा धनगढीमा आज पत्रकारहरुले पनि जिज्ञासा राखे । त्यसको जवाफ दिने क्रममा आरजुले प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्ने र त्यसकोलागि बाहिरबाट हेर्दा देखिएजस्तो पार्टीभित्रै मेरो हैसियत कति छ आफैलाई थाहा भएको बताएकी थिइन्। प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बन्ने भनेर बोलेकोमा उनले धन्यवाद समेत दिइन् । यद्यपि प्रधानमन्त्री ओलीको भनाइ आफूप्रति लक्षित नभएको जस्तो लागेको राणाले बताइन् ।

प्रधानमन्त्रीको भनाइ उहाँकै पार्टीको कोही व्यक्तिप्रति लक्षित हुन सक्ने बताइन् । तर कांग्रेसबाट भने आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले बताइन् । ‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो,’ आरजुले भनिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्