काठमाडौं – अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।
अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपनि पहिचान भने खुल्न सकेको छैन् । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको छ ।
अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको थियो । नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको हत्या किन भयो भन्ने बारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ ।