दक्षिण अफ्रिकाविरुद्धको टी- २० सिरिजमा वेस्ट इन्डिजको क्लीन स्वीप

काठमाडौँ – वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ ।

गएराती सम्पन्न सिरिजको तेस्रो खेल वेस्ट इन्डिजले डिएल मेथड अनुसार ८ विकेटले जितेको थियो ।

बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले पाएको ११६ रनको लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै १३ ओभरमा ४ विकेट गुमाउदै १०८ रन बनाएको थियो । वेस्ट इन्डिजले यस अघि पहिलो खेल ७ विकेटले र दोस्रो खेल ३० रनले जितेको थियो । योजितसँगै वेस्ट इन्डिजले टी- २० सिरिज ३-० ले जितेको छ । यस सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका वेस्ट इन्डिजका शाइ होप प्लेयर अफ द सिरिज बनेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्