को को बने एकीकृत समाजवादीको सचिव ?

काठमाडौं – नेकपा एकीकृत समाजवादीको पदाधिकारीको निर्वाचनको अन्तिम मतपरिणाम आइरहेको छ ।

प्राप्त मत परिणाम अनुसार सचिव पदमा शेरबहादुर कुँवर (१५३), सोमप्रसाद पाण्डे (१४१),  श्रीनाथ बराल (१०७), सावित्रीकुमारी भुसाल (१०६) र चन्द्रबहादुर शाही (९१) विजयी भएका छन् । एकीकृत समाजवादीको पाँच सविचका लागि २६ जना उम्मेदवार रहेका थिए ।

त्यसैगरी एकीकृत समाजवादीको चार उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् ।

त्यस्तै चार उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्