एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिवमा को को विजयी भए ?

काठमाडौं – नेकपा एकीकृत समाजवादीको उपाध्याक्षको निर्वाचनको मतपरिणाम सार्बजनिक भएको छ ।

जस अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६)  विजयी भएका छन् । उपाध्यक्षमा निर्वचित जोशी बाहेक तिनै जना अध्यक्ष माधव कुमार नेपाल निकट नेता हुन् ।

त्यस्तै महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्ती राई विजयी भएकी छन् भने रामकुमारी झाक्री पराजित भएकी छन् । नेपाल पक्षले आफु निकट उम्मेदवारको चिट नै बनाएर बाँडेको थियो । त्यस्तै चार उपमहासचिवको नतिजा पनि आएको छ । जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी भएका छन् भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी भएका छन् । चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्