एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष(महिला) पदमा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् ।

मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग पराजित बनेकी हुन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । उनै झाँक्री १० ‍औँ महाधिवेशनपछिको पदाधिकारी चयनमा पराजित बन्न पुगेकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्