सांसद बडुले गरे मालिकार्जुन मन्दिरमा हार्मोनियम र ढोलक सहयोग

दार्चुला – प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय धाम मालिकार्जुन मन्दिर समितिलाई हार्मोनियम सहित ढोलक सहयोग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको महान चाँड गौरा पर्वलाई लक्षित गरि उहाँले धार्मिक क्षेत्रमा भजन किर्तन गर्नलाई हार्मोनियम ढोलकको आवश्यक रहेको भन्दै मालिकार्जुन मन्दिरमा एक थान हार्मोनियम एक र ढोलक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यस्तो धार्मिक क्षेत्रमा आवश्यक पर्ने सामग्री सहयोग गरेको प्रति मन्दिर व्यवस्थापन समितिले बडुलाई धन्यावाद ज्ञापन गरेको छ । अगामी दिनमा पनि यस्तै सहयोग हुने अपेक्षा मन्दिर व्यवस्थापन समितिले राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्