सुदूरपश्चिम समाज काठमाडौँको १५ औँ साधारण सभा सम्पन्न, सुदूरकी सोराई गोःरा विशेष पुस्तक विमोचन

काठमाडौँ – सुदूरपश्चिम समाज काठमाडौँको १५ औँ साधारण सभा सम्पन्न भएको छ । यसैगरी आजै सुदूरकी सोराई गोःरा विशेष पुस्तक समेत विमोचन गरिएको छ । समाजका अध्यक्ष लाल बहादुर बोहराको अध्यक्षता तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा काठमाडौँको कोटेश्वर, महादेवस्थानमा आयोजित एक कार्यक्रमका विच साधारण सभा तथा पुस्तक विमोचन गरिएको हो ।
सुदूरकी सोराई पुस्तकमा डा.हरिदत्त पाण्डेय प्रधान सम्पादक रहनुभएको छ भने सम्पादन समुहमा ई. रामदत्त पन्त, बखतबहादुर साउद, लोकराज भट्ट, तिलकप्रसाद भट्ट, द्रुपताकुमारी शाह रहनुभएको छ । आवृति छापाखानाले मुद्रण गरेको उक्त पुस्तको प्रकाशक भने सुदूरपश्चिम समाज काठमाडौँ रहेको छ । गौरा पर्वलाई लक्षित गरि गौरा सम्बन्धि लेखहरुलाई स्थान दिएर प्रकाशन गरेको उक्त पुस्तक सुदूरपश्चिमको गौरा पर्वको बारेमा बुझ्ने एक आधार पुस्तक हुने विश्वास गरिएको छ ।

कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ ले सुदूरको महान पर्व गौरा महादेव र पार्वतीको इतिहाससँग जोडिएको महत्वपूर्ण चाड भएकाले यसको संरक्षण सम्बद्र्धन गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो । साथै पुस्तकमा लेखकहरुले लेखेको लेखहरु भावि पुस्ताहरुको लागि इतिहास बुझ्ने आधार बन्न सक्ने समेत बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्नुका साथै विभिन्न पदमा आसिन व्यक्तिहरुलाई बधाई तथा प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । जसमा नेपाल सरकारका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई समेत सम्मान गरेको छ । यस्तै बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’, सहसचिव गणेशदत्त भट्ट, सहसचिव जनकराज जोशी, डा. कुष्माकर भट्ट लगायत सञ्चारकर्मीहरुलाई सम्मान गरेको थियो । यस्तै कार्यक्रममा आजिवन सदस्यता लिने व्यक्तिहरुलाई समेत प्रमाणपत्रले सम्मान गरेको सुदूरपश्चिम समाज काठमाडौँका उपाध्यक्ष ई. रामदत्त पन्तले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्