इङल्याण्डका पुर्व प्रशिक्षक इरिक्सनको निधन

काठमाडौँ । इङल्याण्डका पुर्व प्रशिक्षक स्भेन गोरान इरिक्सनको ७६ बर्षको उमेरमा निधन भएको छ ।

परिवारले जारी गरेको एक विज्ञप्तिमा इरिक्सनको निधन भएको जानकारी दिइएको हो । गत जनवरीमा इरिक्सनलाई क्यान्सर भएको खुलासा भएको थियो ।

इरिक्सनले सन् २००१ देखि २००६ सम्म इङल्याण्डको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । आफ्नो पाँच बर्षे कार्यकालमा उनले २००६ को फिफा विश्वकपमा इङल्याण्डको प्रशिक्षक थिए । विश्वकप पछि उनले इङल्याण्डको प्रशिक्षक छोडेर म्यानचेस्टर सिटीको प्रशिक्षक बनेका थिए ।

उनी आफ्नो क्यारियरको पछिल्लो पटक २०१८ देखि २०१९ सम्म फिलिपिन्सको प्रशिक्षक बनेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्