बर्दिवास रेल्वे स्टेशन र रेल्वे ट्रयाकमा कसरी भयो करोडौ राजश्व छली ?

बिशाल बस्नेत/न्युज कारखाना

१० भदौ, महोत्तरी । देश कै बहुचर्चित ब्रोडगेज रेल मार्गको बर्दिवास रेल्वे स्टेशन निर्माणाधीन अवस्थामा नै विवादित वनेको छ

जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका  एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको राजश्वको विषयलाई लिएर विवादित वनेका हुन ।

८ बर्षदेखि मुआव्जामा नै रुमलिएर निर्माण प्रक्रियाको पारम्भिक चरणमा अगाडी बढेको वेला नदीजन्य पदार्थमा करोडौ राजश्व छली भएको बिषय सतहमा आएपछि अहिले नगर क्षेत्र चर्चाको विषय वनेको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातुपुलदेखि साँढे ३ सय मिटर दक्षिण रेल–वे पुलको छेउको स्टेशन र भब्सी पूल यता वनेको ट्रयाकमा करोडौ राजश्व छलीमा स्थानीय सरकार र समन्वय समितिको नै मिलोमतो रहेको आरोप लागेको छ ।

अहिले नगर क्षेत्रको ३ वटा प्याकेजमा काम भईरहेको छ । भव्सी पूलदेखि रेल्वे पुलसम्म बज्र जेभी अमर, रेल्वे पुलमा कालिका र  स्टेशनमा डीएनएन जेभीले निर्माण प्रक्रिया अगाडी बढाएको छ ।

 

कसरी भैइरहेको छ राजश्व छली ?

नदीजन्य पदार्थको मुख्य स्रोत रातु नदी भएतापनी नगरले ठेक्का लगाएको चार वटा खण्डहरुमा मापदण्डविपरित उत्त्खनन भएको भन्दै  सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर फाल्गुन २० मा नै उत्त्खनन रोकेको थियो ।

निर्माण प्रक्रियाको पारम्भिक चरणमा नै अदालतले रोकेपछि काम नै रोकिने आकलन गरिएतापनी त्यस्को ठिकविपरित भएको स्थानियहरु वताउछन । रेल्वे कम्पनीले दिएको जानकारीअनुसार भब्सी पुलदेखी स्टेसन नजिकको पुलसम्म ३ लाख ९३ हजार ३ सय घनमिटर परिपुर्ती भैइसकेको छ भने रेल्वे स्टेशनमा झण्डै ४ लाख घनमिटर परिपुर्ति भएको छ ।

स्टेशन देखि यता थोरै काम मात्र वाकी रहेको आयोजना प्रमुख किरन कार्कीले जानकारी दिए । यसैलाई आधार मान्दा पनि काम सकिन लागेको खण्डमा परिपुर्ती भएको ढुंगा, गिटि, वालुवाको स्रोतको विषयमा गम्भीर सवालहरु उठेका छन ।

अहिले परिपुर्ति भैइसकेको नदीजन्य पदार्थमा सरकारलाई तिर्नुपर्न न्युनतम राजश्व मात्र ७ करोड ६३ लाख २ सय रुपैया वुझाउनुपर्ने देखिन्छ तर सरोकारवाला निकायमा राजश्व नै जम्मा गरेको देखिएको छैन ।

काम भैइसकेको ठाउँमा मात्र  ९ लाख भन्दा बढी घनमिटर परिपुर्ती भैइसकेको निर्माण कम्पनीहरुले जनाएका छन ।

`अदालतले रोकेतापनी निर्माण प्रक्रिया भने रोकिएन । निर्माण व्यवसायीहरुले काँहावाट ल्याउनु भयो त्यो वँहाहरुको बिषय हो ।´ आयोजना प्रमुख कार्कीले भने । `बर्दिवास क्षेत्रमा स्थानियहरुको खेत, वारी खनेको सुनेका हौ त्यो त आईई गरेर राजश्व प्रक्रियामा आएका नै होलान ।´

नगर क्षेत्रमा मात्र एक दर्जन भन्दा बढी ब्यक्तीका जग्गाहरु खनिएका छन । तर नगरको राजश्व शाखामा बुझ्दा कसैलेपनी  राजश्व नबुझाएको जनाएको छ ।

`नगरमा ठेक्केदार कम्पनीले बुझाएको राजश्व बाहेक ब्यक्तीहरुले १ रुपैयाँ पनि राजश्व बुझाउनु भएको छैन ।´ नगर कि लेखा अधिकृत सर्मिला तामाङ्गले भनिन । `प्रक्रियामा आएर राजश्व बुझाएको देखिएको छैन । अब यो विषयमा  प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखलाई नै बढी थाहा होला ।´

क्रसर तथा वासिङ्ग व्यवसायी भन्छन : रेल्वे स्टेसन र रेल्वे ट्र्याकमा करोडौ राजश्व छली भएको छ

नगर क्षेत्रमा परिपुर्ति भएको नदीजन्य पदार्थमा करोडौ राजश्व छली भएको क्रसर व्यवसायीहरुले दावी गरेका छन ।

महोत्तरीमा अहिले ४१ वटा क्रसर उधोगहरु संचालनरत छन ।

मौज्दात माल समेत वेच्न नपाईरहेको अवस्थामा नगर क्षेत्रवाट नै आईरहेको लाखौ घनमिटर नदीजन्य पदार्थमा ठुलो गिरोहहरुको चलखेल रहेको उनिहरुले दावी गरेका छन ।

`बरु हाम्रो क्रसर समन्वय समितिले बन्द गरेको छ । तर आँखा नै अगाडि करोडौ राजश्व छली हुँदा पनि समन्वय समिती लगायत सरोकारवालाहरु चुईक्क बोल्दैनन ।´ व्यवसायी सन्तोष पौडेलले भने । `अदालतले खोला खन्न पाईदैन भनेको छ, क्रसरहरुसगँ भएको माल बेच्न पाईएको छैन अनि त्याहा परिपुर्ति भएको मालमा त देखादेख कमाउने धन्दा त मौलाईरहेको छ नी !´

क्रसर व्यवसायी माहासंघ महोत्तरीका अध्यक्ष हर्क लामाले पनि रेल्वे ट्र्याक र स्टेशनमा  १३ लाख घनमिटर तस्करी गरेर थुपारिएको दावी गरेका छन ।

अहिलेसम्म निर्माणाधिन क्षेत्रमा २४ करोड भन्दा बढी राजश्व छली भएको उन्को भनाई छ । `क्रसर व्यवसायीहरुको स्टक प्रमाणिकरण नगरेको भन्दै उधोग नै बन्द गरेको छ । अनि स्टेशन र ट्र्याकमा थुपारिएको नदीजन्य पदार्थको चै किन प्रमाणिकरण हुँदैन ?´ अध्यक्ष लामाले भने । `नगरपालिकाले अनुगमनमा चासो नदेखाएपछी समन्वय समितिले किन चासो देखाएन ? यस्मा समन्वय समितिदेखी अभियन्ता, पत्रकार, जनप्रतिनिधि, राजनितिकर्मी सवैको मिलोमतो छ ।´

अर्का व्यवसायी सन्तोष यादवले पनि उधोगहरुलाई धराशयी वनाएर ठूलो गिरोह राजश्व चलखेलमा लागेको वताए ।

रातु नदीको तस्करीदेखी वातावरण नै ध्वस्त वनाउने गरि वनाईएका ठुला-ठुला खाल्डाहरुले नगर क्षेत्रमा विकृती मचाएको वताउदै समन्वय समिती, नगरले चासो देखाउनुपर्ने उन्को भनाई छ ।

समन्वय समिती सभापति भन्छन : राजश्व चुहावट भएको छ

जिल्ला समन्वय समितीका संयोजक सुमनलाल कर्णले राजश्व चुहावट भएको पाईएको वताएका छन ।

वैधानिकरुपमा अदालतवाट रोकिएपछि नदीवाट तस्करी र व्यक्तिका जग्गाहरु खनेर राजश्व छली भएको वताएका छन ।

यस्को अनुसन्धानको लागि पारम्भिक प्रक्रिया अगाडि वढाईसकेको पनि संयोजक कर्णको भनाई छ । `हामीले रेल्वेलाई परिपुर्ति भएको नदीजन्य पदार्थको परिमाण र स्रोतको विषय उठाएर पत्र समेत पठाईसकेका छौ । कालिका र बजरगं जेभी अमरले परिणाम उपलब्ध गराएतापनी स्रोत देखाउन सकेको छैन ।´ उन्ले भने  । `स्रोत देखाउन नसक्नु नै राजश्व छली भएको हो भन्ने बुझ्नुपर्छ यदी वँहाहरुले चित्त वुझ्दो जवाफ दिन सक्नु भएन भने सम्बन्धित निकायसम्म जान बाध्य हुने छौ ।´

निर्माणस्थलमा थप निगरानी समेत बढाएको उन्को  भनाई छ ।

रेल्वे स्टेशन र रेल्वे ट्र्याकहरुमा डरलाग्दो वेथिती छ : पुर्व रेल्वे माहाप्रबन्धक भट्टराई

पुर्व रेल्वे माहाप्रवन्धक गुरु भट्टराईले निर्माणाधिन बर्दिवास रेल्वे स्टेशनमा सरोकारवाला निकायको नै मिलोमतोमा लुट धन्दा चलिरहेको वताएका छन ।
अहिलेसम्म परिपुर्ति भएको नदीजन्य पदार्थ बर्दिवास क्षेत्रवाट नै उठेको दावी गर्दै स्थानिय सरकारले एक रुपैयाँ पनि राजश्व नउठाएको उन्को भनाई छ ।

भट्टराईले निर्माणाधिन रेल्वे स्टेशन र ट्र्याकमा भैइरहेको कामको गुणस्तरियतामाथी समेत प्रश्न उठाएका छन ।

`अहिले नगर क्षेत्रमा १४ लाख घनमिटर परिपुर्ति भैइसकेको बुझिएको छ । ढुंगा, गिटी, वालुवाको सट्टा स्थानियहरुको खेत खन्न लगाएर माटो भरिएको छ । कमप्याक्सन केही छैन, सुपरभिजन शून्य छ ।´ भट्टराईले भने । `यो सवै हुनमा नगरपालिका, स्थानिय प्रशासन, जिल्ला प्रशासन, समन्वय समिती मात्र हैन अख्तियारको समेत मिलोमतो देखिन्छ । यस्को जवाफदेही कोही देखिदैनन ।´

निर्माण व्यवसायी भन्छन : अदालतले आदेश जारी गरेपनी उत्त्खनन रोकिएको थिएन

रेल्वे पुल र भव्सी पुल देखि यता काम गरेका दुई वटा कम्पनीले बर्दिवास नगर क्षेत्रका केही क्रसर र कम्पनीहरुसगँ खरिद गरेको वताएका छन ।

भव्सी पुल देखि सडकको पुलसम्म बज्र गुरु जेभी अमरले गरेतापनी सडक पुलको काम गरिरहेको कालिका निर्माण कम्पनीले भने उपकन्ट्याक्टरलाई जिम्मा लगाएको थियो ।

कालिकाले जिम्मा दिएको प्रेमशक्ती सप्लार्यसले मात्र उक्त ठाउँमा काम गर्दा २८ हजार ४ सय नदीजन्य पदार्थ परिपुर्ति गरेको रेल्वेले जनाएको छ ।

अदालतले रोकेतापनी भ्याट विल लिएर नै नदीजन्य पदार्थ खरिद गरेको निर्माण कम्पनीहरुले दावी गरेका छन ।

`अब चोरेर ल्याए कि वैधानिकरुपमा ल्याए त्यो त हामिलाई थाहा छैन तर हामीले भ्याट विलसहित खरिद गरेका छौ ।´ बज्र गुरु जेभी अमरका संचालक उत्तम बस्नेतले भने । `मेयरसापको क्रसर पनि रहेछ हामीले केही माल वँहावाट र केही माल मेयर कै नजिकको आफ्न्तवाट खरिद गरेका हौ । वाकी केही माल धनुषावाट ल्याएका छौ ।´

तर नगर क्षेत्रमा चोरी, तस्करी भने हुने गरेको उन्को भनाई छ । व्यक्तिका जग्गामा गहिरा खाल्डा खनेर नदीजन्य पदार्थ केही कम्पनीले परिपुर्ति गरिरहेको वताउदै संचालक बस्नेतले निर्माणस्थलमा आईपुग्दासम्म भ्याट विल काटेर नै लिने गरेको वताए ।

कालिका कन्स्ट्रक्सनका इन्जिनियर आकाश गुरुङले पनि नदीजन्य पदार्थ उपकन्ट्याक्टरले विधि, विधानअनुसार नै ल्याएको तर आन्तरिकरुपमा कसरी ल्यायो भन्ने विषयमा जानकारी नभएको वताए ।

नगरप्रमुख भन्छन : नगर क्षेत्रमा अवैधानिक नदीजन्य पदार्थ ओसारपसार भएको छैन

बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरमा कुनै राजश्व छली नभएको जिकिर गरेका छन ।

अवैधानिक नदीजन्य पदार्थ ओसारपसार गर्नेहरुलाई निगरानीमा राखेर जरिवाना समेत गरेको वताउदै उपमेयरले अनुगमनमा कडाई गरिरहेको पनि उन्को भनाई छ ।

`उपमेयर फिल्डमा पुगेर अनुगमन गर्दा अवैधानिक देखियो भने हामिले प्रहरीलाई जिम्मा लगाएका छौ ।´ नगरप्रमुख क्षेत्रीले भने । `विधिसम्मत काम गर्नुपर्छ, कसैले पनि अवैधानिक गर्ने मेरो पालामा हिम्मत गरेको छैन, गर्दा पनि गर्दैन ।´

राजश्वको विषयमा आफू गम्भीर रहेको गलत गर्नेहरुलाई कानुनी दायरामा ल्याउने नगरप्रमुख क्षेत्रीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्