आज गौरा पर्वको मुख्य दिन : अठवाली गायन गरेर मनाइदै

काठमाडौं – भाद्र शुक्ल अष्टमी अर्थात कृष्ण अष्टमीका दिन उमा महेश्वरसहित दुवोको पूजा गरेर मनाइने गौरा पर्व सुदूर पश्चिम र मध्यपश्चिमवासीले आज मनाउदैछन् । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा गौरा पर्व मनाइन्छ ।

हरेक वर्ष विरुडा पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी मनाइने यस पर्वमा महिलाले शिव र पार्वतीको पूजा अर्चनासहित व्रत बस्नाले इष्टदेव र कुलदेव प्रसन्न हुने, निःसन्तानलाई सन्तान प्राप्ति हुने तथा आफ्नो मनोकाङ्क्षा पूरा भई जीवनमा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

गौरा पर्वमा विरुडा पञ्चमीका दिन केराउ, गहुँ, गहत, मास र गुरँसको दाना भिजाएर बनाइएको बिरुडा गौरालाई पूजा गरेर प्रसादका रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेलेर रमाइलो गर्ने चलन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्