काठमाडौँ – महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३३२ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको छ । मुग्लिन–नारायणगढ सड्कखण्डमा बस दुर्घटनामा परेर १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा दुर्घटनामा परेर १८ जना भएका हुन् । उनीहरुको भरतपुर र जनता केयर अस्पताल मुग्लिनमा उपचार हुँदैछ । बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–३ घर भएका २६ वर्षीय बलराम पन्तको दाहिने कुहिनो र ढाडमा चोट लागेको छ । उनको जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुको नाम र ठेगाना
१. तारा भट्ट, ४० वर्ष । कञ्चनपुर भिमदत्त नगरपालिका–१०
२. हरिकला थापा, २३ वर्ष । कैलाली लम्किचुहा–३
३. कैलाश विक, १९ वर्ष । लक्किचुहा नगरपालिका–३
४. कृष्णा विक, २७ वर्ष । लम्किचुहा–३
५. जयन्ती विक, ३५ वर्ष । लम्किचुहा–३
६. दिल बहादुर सुनार, ३७ वर्ष । कञ्चनपुर भिमदत्त नगरपालिका–८
७. समिदेवल राना, २३ वर्ष, कञ्चनपुर नगरपालिका–३
८. शेरबहादुर विष्ट, ३७ वर्ष कैलाली गोदावरी नगरपालिका–१२
९. बसन्त बोहोरा, २२ वर्ष । बझाङ बित्थडचिर गाउँपालिका–४
१०. धरम खड्का, ३४ वर्ष । कञ्चनपुर भिमदत्त–१७
११. दिपेश भट्ट, २० वर्ष । भिमदत्त नगरपालिका–१०
१२. लक्ष्मण बम, २३ वर्ष । दार्चुला महाकाली नगरपालिका–६
१३. भिमसेन सार्की, २५ वर्ष । भिमदत्त–९
१४. जनक बिजाली, ३७ वर्ष । बैतडी दशरथचन्द नगरपालिका–२
१५. विनोद सार्की, २३ वर्ष । भिमदत्त नगरपालिका–४
१६. देवबहादुर भुल, ३३ वर्ष । डडेलधुरा गन्यापधुरा गाउँपालिका–३
१७. बिपिन न्यौपाने, २५ वर्ष । चितवन भरतपुर महानगरपालिका–५
१८. कृष्ण ओझा, २७ वर्ष । डोटी के आईसिंह गाउँपालिका–२