महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला

महोत्तरी – महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन ।

मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ ।

सनिवार वेलुका घरवाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकवाट रगत वगेको, तिघ्रामा चोटपटक र केही निलडाम समेत देखिएको छ ।

अहिले घटनास्थलमा प्रहरीले मुचुल्काको काम गरिरहेको छ । घटनाको थप रहस्य पोष्टमार्टमपछी मात्र एकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।  -बिशाल बस्नेत/न्युजकारखाना

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्