१६ वर्षया बालिकामाथि सामूहिक बलात्कार, होटल सञ्चालक र कामदारसहित ६ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौँ – झापाकी एक जना १६ वर्षीया बालिकामाथि होटलका मालिक र कामदारहरुले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक लंका राजवंशीसहित ६ जनालाई पक्राउ गरिएको हो। घटनामा संलग्न एक जना फरार रहेको केसीले बताए।

जिल्ला प्रहरी प्रमुख केसीका अनुसार यो घटना शुक्रबार रातिको हो। अर्जुनधाराको हाट र होटलमा पुर्‍याएर बालिकामाथि बलात्कार भएको हो। सोही अभियोगमा होटल सञ्चालक राजवंशीसहित अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई , अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी पक्राउ परेका हुन्। समूहका एक जना फरार छन्।

पीडित बालिकाले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन्। ‘पहिले हाट लाग्ने ठाउँमा जबरजस्ती करणी गरेको र त्यसपछि होटलमा पुर्‍याएर पनि जबरजस्ती गरेको पीडित बालिकाको उजुरीमा उल्लेख छ’, प्रहरीले भनेको छ ‘पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य छ। अभियुक्तहरुलाई आइतबार म्याद थप हुँदैछ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्