लुकाकुलाई भित्र्याउदै नापोली

काठमाडौँ । बेल्जियमका फरवार्ड रोमेलु लुकाकु इटालियन क्लब नापोली जाने निश्चित भएको छ ।

हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए ।

चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछी उनले नापोलीसँग तीन बर्षको सम्झौता गरेको बताइएको छ ।

गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए ।

लुकाकु र नापोलीको व्यवस्थापनबीच सहमति भएको र अब औपचारिक सम्झौताको प्रक्रिया अगाडी बढाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

नापोलीले लुकाकुका लागि चेल्सीलाई ३० मिलियन युरो तिर्न सहमत भएको बताइएको छ । त्यस्तै लुकाकुले नापोलीमा बार्षिक ६ मिलियन युरो पारिश्रमिक लिने गरि सहमति भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्