भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य छैन- रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य नहुने स्पष्ट गरेका छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन विधयेकमा प्रस्ताव गरिएको पाँच बर्षको हदम्याद आफुहरुलाई मान्य नहुने बताएका हुन् ।

लामिछानेले अहिले देशका युवाहरुले आफुलाई लगातार फोन गरेर यस विषयमा दबाब समेत दिएकोप्रति खुशी समेत व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षको हदम्याद मान्य नहुने बताएका हुन् ।

यो विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशभासन समितिमा छलफलको क्रममा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्