शैल्यशिखर नगरपालिकाका प्रमुख धामीसहित ४ जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जती मुद्दा दर्ता

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी सहित ४ जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जती मुद्दा दर्ता भएको छ ।
शैल्यशिखर नगरपालिका वडा नं. ८ स्थायी घर भई हाल काठमाडौँ बसोबास गर्दै आएका अधिवक्ता विरभद्र जोशीले शैल्यशिखर नगरपालिकाका प्रमुख धामी सहित ४ जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । यस्तै शैल्यशिखर नगरपालिका वडा नं. ६ बस्ने पुस्कर सिंह धामी, शैल्यशिखर वडा नं. ९ बस्ने शैल्यशिखर नगरपालिकाका सवारी चालक सुरेश विष्ट र शैल्यशिखर नगरपालिका वडा नं. ६ बस्ने शैल्यशिखर नगरपालिकाको लेखा शाखामा कार्यरत रामसिंह धामी विरुद्ध मुद्दा दर्ता गराएको हो । चारै जना विरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराइ  ३ वर्षको कैद सजाय र ३० हजार जरिवाना माग गरिएको अधिवक्ता जोशीले जानकारी दिए । निजहरुले २१ दिन भित्र काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुपर्ने अधिवक्ता जोशीको भनाइ छ ।

अधिवक्ता जोशी लगायतका युवाहरुले शैल्यशिखर नगरपालिकामा भएका बेथिती र अनियमितताबारे निरन्तार चासो र खबरदारी गर्दै आएका छन् । यसैक्रममा सामाजिक संजालमा आरोप प्रत्यारोपको श्रृङ्खला चलिरहेको छ ।

 

यसै विषयलाई लिएर केहि दिन आगाडी शैल्यशिखर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुस्करसिंह धामीले अधिवक्ता जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको सामाजिक सञजाल मार्फत जानकारी दिएका थिए । उनले अधिवक्ता जोशीले आफुमाथी राजनीतिक पुर्वाग्रह राख्न खोजेको र चरित्र हत्या गर्ने मनसायले विभिन्न मितिमा विभिन्न किसिमका स्टाटास फेसबुकमा लेखेको भन्दै निवेदन दिएका थिए ।


यता निवेदन सामाजिक सञ्जालमा देखे पनि आधिकारिकता बारे आफुलाई कुनै जानकारी नभएको अधिवक्ता जोशीले बताएका छन् । शैल्यशिखर नगरपािलकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामी मेयर विजय धामीका छोरा समेत हुन् । लेखा शाखामा कार्यरत रामसिंह  समेत मेयर विजयका आफन्त हुन् ।

सम्बन्धित समाचारहरु 

शैल्यशिखर नगरपालिका मेयर धामीलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा निवेदन, १ करोड १५ लाख हिनामिना गरेको आरोप

शैल्यशिखर नगरपालिकामा पुग्यो अख्तियारको टोली, कागजपत्र हेर्दै

अख्तियारले काट्यो शैल्यशिखर नगरपालिकालाई पत्र, मेयरसहित १० जनासँग जवाफ माग (पत्र सहित)

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्