वागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी बाँकी रोक्दैनौंः मुख्यमन्त्री लामा

काठमाडौँ – वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले वागमती प्रदेश सरकारले निर्माण व्यवसायीहरुले भुक्तानी पाएनौं भन्ने अवस्था बन्न नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले राखेको बधाई तथा शुभकामना कायक्रममा बोल्दै मुख्यमन्त्री लामाले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले निर्माण व्यवसायीहरुले वागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुको भुक्तानी पाइएन भन्ने वातावरण नबनाउने गरी काम गर्ने बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुले वागमती प्रदेशमा निर्माण सम्पन्न गरेका आयोजनाको एक हप्ताभित्र सबै भुक्तानी दिने उल्लेख गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिएर पूर्वाधार निर्माणको काम भएन भन्न नमिल्ने बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुको भुक्तानी दिएर काम अगाडि बढाउने पहिलो प्रथमिकतामा राख्ने निर्माण व्यवसायीहरुसँग प्रतिवद्धता जनाउनु भयो । उहाँले वागमती प्रदेशले बनाउने निर्माण सम्बन्धि ऐनहरु र निर्माण व्यवासायीलाई अफ्ठ्यारा अवस्थालाई सहजिकरण गरिने बताउनु भयो । मुख्यमन्त्री लामाले रोजगारी सिर्जना गर्नको लागि उद्योगधन्दा खुल्नुपर्ने बताउनु भयो । उहाँले सरकारले मात्रै निर्माण व्यवसायीहरुलाई सहजिकरण गरेसँगै व्यवसायीहरुले पनि कमजोरीहरुलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले निर्माण क्षेत्रमा सरकारका नीतिगत व्यवस्थाहरुमा अफ्ठ्याराहरु रहेको भन्दै त्यसलाई सुधार गर्दै लैजाने बताउनु भयो । उहाँले सरकारले कानून बनाउँदा व्यक्ति लक्षित गरेर नभई निर्माण व्यवसायीमैत्री र दीर्घकालिन सोचका साथ बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘निर्माण व्यवसायीहरुले वागमती प्रदेशमा पैसा पाइएन भनेर निर्माण व्यवसायीहरुले भन्नु पर्दैन । त्यो म प्रतिवद्धता जनाउन चाहन्छु । निर्माण व्यवसायीहरुले वागमती प्रदेशमा जति काम गरेको छ । त्यो निर्माण सम्पन्न भएका आयोजनाको वागमती प्रदेश सरकारले एक हप्ताभित्र सबै भुक्तानी दिन्छ । निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिने अनि काम भएन भनेर जानु हुँदैन । पहिलो मेरो काम गर्ने प्रतिवद्धता हो । वागमती प्रदेशले बनाउने ऐनहरु र हुनसक्ने कामहरुलाई सहजिकरण हुन्छ । उद्योग नफस्टाएसम्म रोजगारी सिर्जना हुँदैन । रोजगारी सिर्जना गर्नको लागि उद्योगधन्दा खुल्नुपर्छ । सरकारी कार्यालयहरुमा प्रविधिले गर्दा रोजगारी कटौती हुँदैछ । निर्माण व्यवसायीहरुले पनि सुधार गर्नुपर्ने छ । कानून बनाउँदा व्यक्ति लक्षित गरेर बनाउनु हुँदैन ।  निर्माण व्यवसायीमैत्री भएर कानून बनाउनु आवश्यक छ ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वागमती प्रदेश सरकारले निर्माण व्यवसायीलाई परेका अफ्ठ्यारो अवस्थालाई सहजिकरण गर्ने विश्वास रहेको बताउनु भयो । निमाण व्यवसायीहरुले वागमती प्रदेश सरकारले व्यवसायीमैत्री नीतिहरु बनाउँदै भुक्तानीको समस्या सहजिकरण गर्न माग गरेका थिए । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्