काठमाडौँ – गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ ।
मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘युवा युवतीहरु विदेशमा गएर श्रमीक बनिरहेका छन् । उनीहरुले कमाएको पैसाले नेताहरुले यहाँ आफ्ना सन्तानलाई स्कटल्याण्ड, लण्डन, अमेरिका, अस्टे«लिया जस्तो देशमा पठाएर शिक्षा लिने यो के नैतिकता हो । यो पनि जानकारी लिदिन नेपाली जनताले अवश्य सोच्नुपर्ने अवस्था भएको छ । पहिला एउटा मात्रै अभिभावक हुँदा जनताहरु एक फाँको सातु खाएर बस्थे । तर आज यो राष्ट्रमा यस्तो अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको छ । यो नेपाली जनताले सहन सकेका छैनन् । नेपाल राष्ट्र जर्जर भएको छ ।’
नेताहरुले नेपालाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताउनु भयो । उहाँले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल