नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक, मंसिर १५ देखि प्रतियोगिता हुने

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ। क्यानले सोमबार साँझ होटल सोल्टीमा लोगो सार्वजनिक गरेको हो। खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरे। लिगको मिति समेत सार्वजनिक गरिएको छ। क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ।

क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफैँ आयोजना गर्न लागेको हो। यसअघि क्यानले दुई वर्षअघि नेपाल टी-२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो। तर सो लिग विवादित बन्नुका साथै म्याच फिक्सिङको समेत आशंका भएको थियो।

यसपटक आफैँ आयोजना गर्न लागेको लिगमा क्यानले ६ टोली हुने बताएको छ। टोलीको स्वामित्व किन्नका लागि क्यानले यसअघि सूचना प्रकासित गरेको थियो। जसमा विभिन्न कम्पनीले परियोजना प्रस्तुत गरेका छन्। अब क्यानले लिगको टोली घोषणा गरेपछि खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्