मोटरसाइकल दुर्घटना हुँदा प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

चितवन – चितवनको खैरहनी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

आज बिहान २: ४० बजे खैरहनी–८ बाबा पेट्रोलपम्प स्थित पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट खोलेसिमलतर्फ आउँदै गरेको बागमती प्रदेश०३–००३ प ६३७ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटना कसरी भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल दुर्घटना हुँदा लमजुङ राईनस नगरपालिका–६ धमेलीकुवा घर भई हाल रत्ननगर नगरपालिका–१५ खोलेसिमल बस्ने वर्ष ४३ को हेमन्त कुमार श्रेष्ठ गम्भिर घाइते भएका थिए । उनी इलाका प्रहरी कार्यालय मनहरीमा प्रहरी वरिष्ठ हवल्दार पदमा कार्यरत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गम्भिर घाईते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहान ३: १९ बजे मृत्यु भएको थियो । प्रहरीले मोटरसाइकल दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्