बझाङमा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता, ५ जनाको उद्धार

काठमाडौँ – बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्।

आइतबार राति बुङ्‍गल नगरपालिका -१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका हुन्। गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुई नातिनी बेपत्ता भएका छन्।

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घरमा क्षति पुगेको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्धार गरिएको छ भने चार जना बेपत्ता भएको त्यहाँ स्थानीय भरत महरले जानकारी दिएका छन्।

उद्धारका लागि अहिले बुंगलमै रहेको झापा प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ। स्थानीयहरूले रातभर लागे पनि उद्धारमा कठिनाइ भइरहेको छ। जिल्लामा नेपाल टेलिकमको कुनै सेवा नहुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क गर्न सकिएको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्