नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आज झालाई पुर्पपक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको असार १४ गते पक्राउ परेका झाविरुद्ध सरकारी वकिल कार्यालयले गएको साउन २९ गते ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले झाको संलग्नता रहेको देखाएपछि प्रहरीले खोजी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्