शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक धामीद्वय विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – घुससहित पक्राउ परेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध ९ लाख १२ हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो । कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत उनीहरुले सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले धामीद्वयलाई केही अघि नगद चार लाख बाह्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । यस्तै अशोक सिंह धामीको नाममा काटिएको दुई लाख ५० हजार दरको दुई वटा चेक समेत बरामद भएको थियो ।

निजहरुविरुद्ध कुल ९ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्