बंगलादेशका राहत मन्त्रालयका पुर्व सचिव पक्राउ

ढाका, २ भदौं । महानगरीय प्रहरीले विपद् व्यवस्थापन तथा राहत मन्त्रालयका पूर्व वरिष्ठ सचिव शाह कमललाई पक्राउ गरेको छ ।

डिएमपीको जासुसी शाखाको अपरेशनमा शनिबार राति उनलाई महाकाली क्षेत्रबाट पक्राउ गरिएको हो । ढाका महानगरीय प्रहरी ९डीएमपी० को जनसम्पर्क तथा मिडिया विंगका अतिरिक्त उपायुक्त एम ओबैदुर रहमानले पुष्टि गरेका छन् ।

यसअघि शुक्रबार डिएमपीले छापा मारेर मोहम्मदपुरको बाबर रोडमा रहेको शाह कमलको घरबाट स्वदेशी तथा विदेशी मुद्रासहित करिब ३ करोड ११ लाख रुपैयाँ नगद बरामद गरेको थियो ।

पूर्वसचिव शाह कमलको घरबाट ३सी बरामद पूर्वसचिव शाह कमलको घरबाट ३सी बरामद भएको छ । बरामद भएको ३ करोड ११ लाख रुपैयाँमध्ये ३ करोड १ लाख नगद, ७४ हजार ४ सय रुपैयाँ इनामपत्र र १० करोड ३ लाख विभिन्न विदेशी मुद्रामा रहेको छ ।

पूर्वसचिव शाह कमलले अवैध रुपमा कमाएको पैसा घरमै राखेको प्रहरी अधिकारीहरुले बताएका छन् । शाह कमलले २०१५ देखि २०१९ सम्म सचिव र २०१९ देखि २०२० सम्म वरिष्ठ सचिवको जिम्मेवारी सम्हालेका थिए । सरकार परिवर्तनपछि उनी लुकेर बसेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्