अल नासरलाई हराउदै अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

काठमाडौँ – अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४-१ गोल अन्तरले पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको हो ।

पहिलो हाफमा १-० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा शानदार कम ब्याक गर्दै ४ गोल गरेको थियो । अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिक साभिक र माल्कमले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

योसँगै अल हिलालले अहिलेसम्म पाँच पटक साउदी सुपर लिगको उपाधि जितेको छ । त्यस्तै अल नासरले भने यो उपाधि २ पटक जितेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्