यू-१९ क्रिकेट विश्वकपको एशिया क्वालिफायरको आयोजना नेपालले गर्ने

काठमाडौं – नेपालले आसीसी यू-१९ क्रिकेट विश्वकपको एशिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ । यू-१९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् ।

१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्