प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

काठमाडौँ – प्रिमियर लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ ।

म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ८७औँ मिनेटमा जोशुआ जिर्कजीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यसै सिजनमा म्यानचेस्टर युनाइटेड आएका जोशुआले डेभ्यु खेलमै गोल गरेर शानदार शुरुवात गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्