थामे बाढीबारे प्रधानमन्त्रीको चासाे : सोलुखुम्बुका सिडिओसँग फोन बार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको भीषण बाढीबारे चासो राखेका छन् ।

उनले प्रमुख जिल्ला अधिकारी (सिडिओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी दिएका हुन् । बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको जानकारी गराइन् ।

तर हिमपहिरो आएको वा हिमताल फुटेर बाढी आएको हो भन्ने यकिन भइनसकेको उनले जानकारी दिइन् । दिउँसो बादल लागेका हेलिकप्टर समेत जान सक्ने अवस्था नभएको प्रजिअ पाण्डेले जानकारी दिइन् ।तल्लो थामेमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई उपल्लो थामेमा भएका होटल तथा घरमा राखिएको छ ।

फोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले भने पहिरोमा माटोभन्दा पानी पनि देखिएकाले सुख्खा पहिरो हुननसक्ने अनुमान गरे । उनले अगाडि भने, ‘त्यहाँ मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिनुस् । धनमालको क्षति भइहाल्यो, सरकारले केही गरौंला ।’ मौसम खराब नभए भोलि रक्षामन्त्री सहितको टीम आउने उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्