दार्चुलाको विकासमा दलहरु एक रहेको सन्देश : दुई पूर्व मन्त्रीसहितको टोलीले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौँ – दार्चुलाको विकास निर्माणको कुरालाई लिएर राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् । दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रमुख ३ राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर एकताको सन्देश दिएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडू, नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिंह ठगुन्ना, केन्द्रीय सदस्य हरदेव जोशी, नेकपा माओवादी केन्द्रका नेता जमनसिंह धामी लगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएर एकताको सन्देश दिएका हुन् ।

महाकाली करिडोर अन्तर्गतको दार्चुला तिंकर सडक खण्डको तुषारपानी-कोठेधार-तिकर सडक खण्डलाई छुट्टै परियोजना बनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ । प्रधानमन्त्रीसँगको भेटमा चालु आर्थिक वर्षमा न्युनतम ४० करोड बजेट बिनियोजन गरिदिन समेत आग्रह गरिएको छ । साथै दार्चुला जिल्ला घटेका विपदका घटनाहरुमा समेत सरकारले उचित राहत प्रदान गर्न आग्रह गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्