नेरिक एकेडेमीले उपत्यकाव्यापी अन्तर-विद्यालय मौलिक तीज प्रतियोगिता आयोजना गर्ने

काठमाडाैं – काठमाडौको बानेश्वर संखमुलमा अवस्थित नेरिक एकेडेमीले उपत्यकाव्यापी अन्तर-विद्यालय मौलिक तीज प्रतियोगिता आयोजना गर्ने भएको छ। चाडपर्व, उत्सब र महोत्सबहरुलाई जोगाउँदै, प्रवर्दन गर्दै र आउँदा नयाँपुस्ताहरुमा हरुतान्तरण गर्दै अगाडी बढ्नु पर्ने उत्तर दायित्व रहेको भन्दै बिद्यालय स्तरका बालबालिकाहरुमा उत्कृष्ट पुस्तान्तरण होस भनि नेरिक एकेडेमी परिवारले सधैझैँ यो वर्ष पनि उपत्यका ब्यापी तीज नृत्य कार्यक्रम आयोजना गरेको छ ।

यसले सम्पुर्ण बालबालिकाहरुमा साँस्कृतिक चेतना जगाउनमा महत्वपुर्ण भुमिका निभाउने विद्यालयले विश्वास लिएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम बारे जानकारी दिएको हो ।

नकरात्मक कुराहरुलाई छोडेर युवा तथा बालबालिकाहरुमा सकारात्मक भावनाका साथै आफ्नो देश, समाज र सँस्कृतीप्रती सकारात्मक भावना पैदा गर्दै आउँदा पुस्ताहरुमा पनि यी र यस्ता सँस्कृतीकहरको भावना जागृत होस भनि नेरिक एकेडेमीले यो उपत्यकाव्यापी तिजनृत्य प्रतियोगिताको आयोजना गरेको प्रधानाध्यापक मिलन केसिले जानकारी दिनुभयो।
यस प्रीतयोगितामा आफ्ना प्रस्तुतीहरु पस्कनकालागी पचास भन्दा बढी बिद्यालयका आठ नौ सय भन्दा बढी बिद्यालय स्तरका छात्राहरुको सहभागिता रहने छ । यो प्रतिस्पर्धाले उनिहरुमा नाच्ने अवसर र प्रतिश्पर्धी सोच मात्रै नभएर आफुमा आत्मविश्वास बढाउने, कला र सँस्कृती प्रति श्रद्धा भाव बढाउने, सामाजिक सहभागिता र अनुशासनको पनि जगेर्ना गर्नुका साथै यसले परिश्रमी बानिको बिकास गरि महिला ससक्तिकरणमा पनि टेवा पु र्‍याउने विद्यालयले विश्वास लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्