काठमाडौं – रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।
बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बताए ।
प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।