नेसनल प्याव्सन भक्तपुरको चित्रकला यूनिटी स्कुलको आयोजनामा सम्पन्न

भक्तपुर – नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम, अन्तर विद्यालय चित्रकला प्रतियोगिता सूर्यविनायक ५ कटुन्जे भक्तपुरमा रहेको यूनिटी स्कुलले आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ । नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयको कक्षा १ देखि ३ सम्म का विद्यार्थीहरु बीच “हाम्रो गाऊँ सफा ठाउँ” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो जसमा आरक्षण नेसनल स्कुलकी रजनी साखकर्मी प्रथम, ऋतम्भरा पाठशालाकी जश्मिन अछामी द्धितीय, ईडेन गार्डेन स्कुलका लबहागं राई तृतीय र सान्त्वना आरक्षणकी समिक्षा दर्नालले प्राप्त गर्न सफल भएका थिए ।

आयोजक यूनिटी स्कुलका संस्थापक एवं व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर गुमान्जूको सभापतित्वमा सम्पन्न पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा सुर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न बहादुर कटवालको प्रमुख आतिथ्यमा विजयी विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथिले विद्यार्थीहरुलाई किताब भन्दा बाहिरको विविधा ज्ञान दिनु पर्दछ जसका लागि नेसनल प्याव्सन भक्तपुरले यस्ता कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आयोजक यूनिटी स्कुललाई हार्दिक आभार व्यक्त गर्दै २०८० को एसईई नतिजामा ४.० ल्याउन सफल यूनिटी स्कूलबाट अन्य विद्यालयले पनि प्रेरणा लिनु पर्ने बताउनु भयो ।

साथै उहाँले नेसनल प्याव्सन भक्तपुरले प्रत्येक महिना कम्तिमा विद्यार्थीहरुको लागि एक कार्यक्रम गर्दै आएको र सोको आयोजना गर्ने जिम्मेवारी सदस्य विद्यालयलाई दिइएको बताउनु भयो ॥ उक्त चित्रकला प्रतियोगितामा यूनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले स्वागत गर्नु भएको थियो भने नेसनल प्याव्सनका प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, जिल्ला समितिका पदाधिकारीहरु उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापामगर, कोषाध्यक्ष विक्रम थापा लगायत विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्