प्याब्सन काठमाडौँ जिल्लाद्वारा विभिन्न विधामा एसईई विद्यार्थी तथा शिक्षकहरु सम्मानित

काठमाडौँ – प्याब्सन काठमाडौँ जिल्ला समितिले २०८० को एसईई दिने विद्यार्थी तथा विषयगत शिक्षकहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच ४ जिपीए ल्याउने विद्यार्थी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विषयगत शिक्षक र विद्यालयलाई विभिन्न विधामा सम्मान गरेको हो ।

प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष प्रेम कुमार राईको अध्यक्षता तथा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिँहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ४ जिपीए ल्याउने सामुदायिक विद्यालयबाट ६ जना तथा निजी विद्यालयबाट ४६ जना गरी ५२ जनालाई सम्मान गरेको छ ।

यस्तै औसत उच्चतम् जीपीए प्राप्त गर्ने विषयगत शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरेको छ । यस्तै उच्चतम् जीपीए प्राप्त गर्न सफल सर्वाेत्कृष्ट विद्यालयलाई सम्मान गरेको छ भने दीर्घ सेवा सम्मानमा विभिन्न शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेको आयोजकले जनाएको छ । यसैगरी उच्चतम् जीपीए प्राप्त गर्ने हरेक विद्यालयका टपर विद्यार्थीहरुलाई सम्मान गरेको छ भने विभिन्न विधामा विद्यालयहरुलाई समेत सम्मान गरेको छ ।

सम्मान कार्यक्रम पश्चात उपहार खबरसँग कुराकानी गर्दै ग्लोबल पब्लिक स्कुलका प्रिन्सिपल मातृका कार्कीले विभिन्न फरक फरक विधामा आफ्नो विद्यालयले समेत ४ वटा सम्मान प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

काठमाडौँको पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुलबाट मात्रै ६ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका थिए । जुन एकै विद्यालयबाट ४ जिपीए प्राप्त गर्ने सम्भवतः प्याब्सन विद्यालयमध्ये बागमती प्रदेशकै पहिलो विद्यालय समेत हो । यस्तै प्याब्सनले ग्लोबल स्कुलले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै सम्मान गरेको छ भने ग्लोबल स्कुलबाट सामाजिक शिक्षा विषय र ऐच्छिक जनसंख्या विषयका शिक्षक सिताराम पौड्याललाई समेत सम्मान गरेको छ । उनलाई औसतमा उच्चतम् जीपीए प्राप्त गर्न सफल विषयगत शिक्षकको विधामा सम्मान गरेको हो । यसैगरी प्याब्सन काठमाडौँ अन्तर्गतका ५१ देखि १०० जना विद्यार्थी संख्या रहेको समुहबाट औसतमा उच्चतम् जीपीए प्राप्त गर्न सफल भएकोले सर्वोत्कृष्ट विद्यालय विधामा समेत ग्लोबल पब्लिक स्कुललाई सम्मान गरेको छ ।

प्याब्सन काठमाडौँ समितिले विभिन्न विधामा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुल मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, प्याब्सन केन्द्रीय समिति अध्यक्ष डिके ढुंगाना, प्याब्नस पूर्व अध्यक्ष उमेश श्रेष्ठ, महासचिव आरबी कटवाल लगायत विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थी लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्